अन्नपूर्ण सोलारमा सधैँ उत्तिकै तातो पानी पाईन्छ कि मौसम अनुसार तातोपनामा केही कमवेसी हुन सक्छ?

अन्नपूर्ण सोलारले पानी तताउने घामको तापवाट नै भएकोले कुन दिनको घामको किरणको तिव्रता र घाम लागेको समयले त्यस दिनको पानीको तातोपनालाई निर्धारण गर्छ। घाम नलागेको वेला पोल्ने पानी त आउँदैन,तर नकाठ्ठिने र नझन्याउने पानी जहिले पनि आउँछ।माघे झरीको समयमा पानी तताउन विद्युतीय उपकरण जोड्नु पर्छ, अ्न्नपूर्ण सोलारमा सो उपकरण जोड्न मिल्ने पोईन्ट राखिएको हुन्छ।