Frequently Asked Questions
अन्नपूर्ण सोलार वाटर हिटर कति वर्ष टिक्छ?
वि.सं.२०४८मा जडान गरेका अन्नपूर्ण सोलार वाटर हिटरका सवै सेटहरुले अहिले सम्म राम्ररी पानी तताईरहेका छन्। सोलार हिटरका टंकीहरु अब चुहिने क्रममा छन्।उपभोक्ताको ईच्छा अनुसार तिनीहरुको मरमत या फेरवदल पनि भईरहेको छ।तर सोलार हिटरको प्यानेलहरुले भने अझै विसौं वर्ष काम गर्न सक्ने ।स्थिति देखिएको छ। अन्नपूर्ण सलारको यो कृतिमानी नेपाली उद्यमशिलतको सम्पत्ति हो,एउटा ठूलो संदेश हो।
पोखरा भन्दा बाहिर जस्तै मनाङ,मुस्ताङ,काडमाडौ लगायत देशका विभिन्न भागमा रहेका ग्राहकहरुले अन्नपूर्ण सोलार अर्डर गर्न र सेवा प्राप्त गर्न कहाँ सम्पर्क गर्नु पर्छ?
आगामी दिनमा अन्नपूर्ण सोलार वाटर हिटरको सेवा देशभरि पुर्याउन उपयुक्त संजाल तयार गर्ने उद्धेश्य रहेको छ।सो व्यवस्था तयार नहुँदासम्म हामीले पोखरावाट नै देशका विभिन्न भागसम्म सेवा दिई रहेको र उहाँहरु सवै सन्तुष्ट रहनुभएको छ।तसर्थ अन्नपूर्ण सोलारको सेवा लिन ईच्छुक महानुभावहरुले हामीलाई सिधै सम्पर्क गर्नसक्नु हुनेछ।
सोलार हिटरको मरमत खर्च के कति हुन्छ?
अन्नपूर्ण सोलार हिटरहरुमामा जीवन भर आउने समस्या पहिले नै पहिचान गरि हटाईएकोले तीसौँ वर्ष सम्म कुनै मरमत विना चलिरहेका छन्।तर हरेक ८/१० वर्षमा सर्भिसिङ गराउँदा पानीको तातोपना र सोलारको टिकाउपना अझ वढ्दछ।
अन्नपूर्ण सोलार वाटर हिटरको ग्यारेण्टी वारेन्टी के छ?
अन्नपूर्ण सोलार वाटर हिटर जडनन गरेको मितिले पाँच वर्ष सम्म कुनै उत्पादन त्रुटिको कारणले तातोपानी सुचारु नभएको खण्डमा नि:शुल्क मरमत गरि तातोपानी चालू गराउने जिम्मा यस उद्योगको रहन्छ। त्यस पछि पनि कुनै समस्या देखिँदा नि:शुल्क परामर्श तथा शूपथ मरमत सेवाका लागि सर्वदा तम्तयार हुनेछौँ।
अन्नपूर्ण सोलार वाटर हिटरमा आज तातिएको पानी कति समय सम्म तातै रहन्छ?
खास गरि आज तातेको पानीले भरे साँझ र भोलि विहानको काम चल्ने हिसावमा डिजाइन गरिएको हुन्छ। कुनै दिन तातोपानी नै खर्च भएन र भोलिपल्ट घाम पनि लागेनन भने सोही तातो पानीले पर्सिपल्ट पनि काम चलाउन सकिन्छ।तर समय सँगै क्रमश:पानीको तातोपना घट्दै जान्छ । अघिल्लो दिन जति तातोपानी भोलि पल्ट हुन्न,भोलिपल्ट जति तातो पर्सि पल्ट हुदैन।यो कुनै सोलारको कमजोरी होइन विज्ञानको नियम हो।विज्ञानको यो नियम नवुझेको मान्छेले "मेरो सोलारले ७२घण्टासम्म एकनासको तातोपानी
दिन्छ" भन्दै ग्राहकलागि विश्वास दिलाउने गरेको पाईन्छ।
अन्नपूर्ण सोलारमा सधैँ उत्तिकै तातो पानी पाईन्छ कि मौसम अनुसार तातोपनामा केही कमवेसी हुन सक्छ?
अन्नपूर्ण सोलारले पानी तताउने घामको तापवाट नै भएकोले कुन दिनको घामको किरणको तिव्रता र घाम लागेको समयले त्यस दिनको पानीको तातोपनालाई निर्धारण गर्छ। घाम नलागेको वेला पोल्ने पानी त आउँदैन,तर नकाठ्ठिने र नझन्याउने पानी जहिले पनि आउँछ।माघे झरीको समयमा पानी तताउन विद्युतीय उपकरण जोड्नु पर्छ, अ्न्नपूर्ण सोलारमा सो उपकरण जोड्न मिल्ने पोईन्ट राखिएको हुन्छ।
अन्नपूर्ण सोलार वाटर हिटर कस्तो खालको सोलार हिटर हो?
अन्नपूर्ण सोलार वाटर हिटर नेपालमै हाम्रो आफ्नै फ्याक्ट्रीमा बनेको, पूर्णतः स्वदेशी प्रविधि हो।
ग्राहकहरूले यसलाई सामान्यतया “लोकल सोलार हिटर” पनि भन्छन्।
प्राविधिक रूपमा यसलाई Flat Plate Collector (FPC) Solar Water Heating System भनिन्छ।
FPC सिस्टम नेपालका मौसममा उत्कृष्ट मानिन्छ, किनकि:
यसले कम घाममा पनि राम्रो Heat Absorption गर्छ,
दीर्घकालीन टिकाउ हुन्छ,
मर्मत सजिलो हुन्छ,
चिसो उच्च भू–भागमा पनि भरपर्दो हुने गरी वनाईएको छ,तेत्तीस वर्ष अघि वनेका सोलार हिटर सेटहरुले अहिले सम्म पनि निरन्तर तातोपानी दिईरहेका छन्।त्यसकारण यो हिमाल, पहाड,तराइ सवैतिर प्रमाणित भईसकेको छ।