खास गरि आज तातेको पानीले भरे साँझ र भोलि विहानको काम चल्ने हिसावमा डिजाइन गरिएको हुन्छ। कुनै दिन तातोपानी नै खर्च भएन र भोलिपल्ट घाम पनि लागेनन भने सोही तातो पानीले पर्सिपल्ट पनि काम चलाउन सकिन्छ।तर समय सँगै क्रमश:पानीको तातोपना घट्दै जान्छ । अघिल्लो दिन जति तातोपानी भोलि पल्ट हुन्न,भोलिपल्ट जति तातो पर्सि पल्ट हुदैन।यो कुनै सोलारको कमजोरी होइन विज्ञानको नियम हो।विज्ञानको यो नियम नवुझेको मान्छेले “मेरो सोलारले ७२घण्टासम्म एकनासको तातोपानी
दिन्छ” भन्दै ग्राहकलागि विश्वास दिलाउने गरेको पाईन्छ।