ABOUT US
३३ वर्षको अनुभव: विश्वास र गुणस्तरको विरासत
वि.सं. २०४८ मा पोखराबाट सञ्चालन सुरु गरेको अन्नपूर्ण सोलार एण्ड मेटल इन्जिनियरिङले तीन दशकभन्दा बढी समयदेखि सम्पूर्ण नेपालभर अग्रणी इन्जिनियरिङ समाधान प्रदान गर्दै आइरहेको छ। हाम्रो यात्रा सुरु भएको थियो नेपालीहरूको लागि उच्च गुणस्तरको प्राविधिक समाधान उपलब्ध गराउने एउटा सपनाबाट।
हाम्रो दर्शन र मूल्यहरू:
- प्राविधिक विशेषज्ञता: वैज्ञानिक क्याल्कुलेटर, इन्जिनियरिङ ह्यान्डबुक र उन्नत उपकरणसहितको हाम्रो अनुभवी टोली
- स्वदेशी पहल: विदेशी निर्भरता घटाउँदै नेपालमै उत्कृष्ट उत्पादन निर्माण गर्ने संकल्प
- ग्राहक केन्द्रितता: प्रत्येक ग्राहकसँग जीवनभरको विश्वासपूर्ण सम्बन्ध कायम गर्ने प्रतिबद्धता
हाम्रो गर्व:
हजारौं नेपाली परिवार, व्यवसाय र सामुदायिक संस्थाहरूले हाम्रा उत्पादनहरूमा विश्वास गर्दै आउनुभएको छ। "अन्नपूर्ण सोलार हिटर" अहिले एक राष्ट्रिय पहिचान बनिसकेको छ र यसले नेपाली इन्जिनियरिङ क्षमताको श्रेष्ठतालाई उजागर गर्दछ।
हाम्रो प्रतिबद्धता:
हामी केवल उत्पादन बेच्दैनौं, अपितु दीर्घकालीन समाधान र विश्वसनीयता प्रदान गर्छौं। हाम्रो ३३ वर्षे यात्रा यही विश्वास र जिम्मेवारीको कथा हो।
वि.सं. २०४८ आश्विन ३ — हाम्रो महान् दिन
अन्नपूर्ण सोलार एण्ड मेटल ईन्जिनियरिङ को ३४औं स्थापना दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना!
म, ईन्जिनियरिङ क्याम्पस लामाचौरको पहिलो ब्याचको सिभिल इन्जिनियरिङ विद्यार्थी, त्यहीँ अध्ययनरत छँदा विकसित देश र हाम्रो देशबीचको विकास स्तरमा भएको कहालीलाग्दो अन्तर देख्दा मेरो मनमा गहिरो चोट परेको थियो।
पानी टरबाइनको सिद्धान्तले चल्ने पानीघट्ट बनाउन सक्ने पुस्ताका सन्तान, पच्पन्न झ्याले कैलासकुट दरबार लगायतका अद्भुत निर्माण गर्ने कलाकर्मीका सन्तान, चीनमा गएर नेपालको कला प्रतिष्ठाले गौरव बढाउने अरनिकोका सन्तान हामी आज कसरी यति पछाडि पर्यौँ भन्ने प्रश्नले मलाई लगातार सतायो।
बुझ्दै जाँदा प्रष्ट भयो— विकसित देशका विद्वान र वैज्ञानिक अनुसन्धानमा, प्राविधिकहरू प्रविधियुक्त काममा दत्तचित्त भएर खटिरहेका रहेछन्। तर हाम्रो देशमा भने पढेलेखेका मान्छे अफिसियल काम वा विदेश जानेतर्फ आकर्षित भइरहेका रहेछन्। उत्पादन र निर्माणका काम त शिक्षाद्वारा वञ्चित मानिसहरूको भरमा जवरजस्ती घिसारिँदै रहेछन्।
त्यसैले मैले आफूले सिकेको ईन्जिनियरिङ ज्ञानलाई औद्योगिक उत्पादनतर्फ प्रयोग गर्ने, श्रममुखी संस्कारको थालनी गर्ने र नमूना मार्ग खोज्ने उत्साह दिलमा जगाएँ। त्यतिबेलाको शैक्षिक अवस्थामा गणनामा पर्ने हाम्रो नवदाम्पत्य जोडीले उद्यमशीलतामा जीवन बिताउने निर्णय गर्यौँ। अनि दर्ता भयो— अन्नपूर्ण सोलार एण्ड मेटल ईन्जिनियरिङ, न्युरोड पोखरा।
निर्णय गर्न सजिलो भए पनि कार्यान्वयन भने निकै कठिन हुन्छ। हरेक चुनौतीसँग पौंठेजोरी खेल्दै आज हामी यो स्थानमा आइपुगेका छौँ।
यस अवधिसम्म हामीले ईन्जिनियरिङ प्रविधिमा आधारित असंख्य मेशिनरी सामानहरू सफलतापूर्वक उत्पादन गरिसकेका छौँ। ती मध्ये अन्नपूर्ण सोलार वाटर हिटर हाम्रो बहुचर्चित र राष्ट्रिय पहिचान बोकेको उत्पादन हो।
वि.सं. २०५२ मा सम्पन्न स्व. राजा वीरेन्द्रको स्वर्ण जन्मोत्सव समारोहमा प्रदर्शित झाँकी पुरस्कार विजेता बनेर अन्नपूर्ण सोलार विशाल जनसागरबीच सम्मानित भएको थियो।अहिले पनि मानिसहरु त्यो दिनलाई याद गर्ने गर्नु हुन्छ!
आज भन्दा करीव १५ वर्ष पहिला कान्तिपुर राष्ट्रिय दैनिकले एउटा विशेषांकमा पोखरेली व्राण्ड रोजेर सूचिकृत गर्दा सोलार हिटर तर्फ अन्नपूर्ण सोलार हिटर समेटेर
हामीलाई गुणस्तर वृद्धिका लागि अझ लगनशिलता तर्फ उत्प्रेरित वनाई दियो।विभिन्न सघं संस्थाहरुवाट नेपाली उद्यमसिलतामा योगदान पुर्याएको भन्दै प्राप्त सम्मानहरुले पनि हामीलाई जिम्मेवार वन्ने मनोविज्ञान पैदा गरिदिएका छन्।प्रयोगकर्ताहरुका प्रशंशाहरुले हाम्रा थकानहरु हजम गरिदिन्छन्।
विभिन्न वृदाश्रमहरुमा ,मठ मन्दिर,गुम्वा र चर्च भवनहरुमा सहुलियत मूल्यमा अन्नपूर्ण सोलार जोडेर हामीले सवैका आशिर्वाद प्राप्त गरिरहेका छौ।कतिपय अनाथालय,मानव सेवा आश्रममाहरुमा हामीले सहयोग पनि पुर्याउन पाउँदा हाम्रो आत्मसम्मान वढेको छ।
३३ वर्षअघि जडान गरिएका अन्नपूर्ण सोलार हिटरहरुलेअझै पनि निरन्तर तातो पानी दिइरहनु हाम्रो कर्म र कदमप्रति गौरवको स्रोत हो।
एक प्रयोगकर्ताले भन्नु भएको थियो—
“हाम्रो घरमा पनि अन्नपूर्ण सोलार हिटर छ। म त्यसकै तातो पानीले साँझ-बिहान नुहाउँछु। It’s like a Toyota”.
यो वाक्यांशले हामीलाई निरन्तर नवीन ऊर्जा दिएको छ र हामीले रोजेको बाटो सहि रहेको अनुभूति दिलाएको छ।
नेपालमा पनि प्राविधिकहरूले प्रविधियुक्त उत्पादनमा खट्न सके, विश्वस्तरका उत्पादन सरहका सामान निर्माण गर्न सकिन्छ भन्ने प्रमाण बोकेर आज अन्नपूर्ण सोलार अन्नपूर्ण हिमाल जस्तै अटल, स्वच्छ र उच्चतामा उभिएको छ।
आज संयोगवस संविधान दिवस पनि परेको छ,हाम्रो उद्योगले दिने रोजगारी ,सुरक्षा, स्वास्थ्यलाभलहरुले संविधानको मर्मलाई आत्मसात गरिरहने विश्वास लिएका छौ।
हार्दिक शुभकामना!
अन्नपूर्ण सोलार एण्ड मेटल ईन्जिनियरिङको ३४औं वार्षिकोत्सवको पावन अवसरमा—
हाम्रो प्रेरणाले कर्म क्षेत्रमा उत्रिएर सफलता हासिल गरिरहनुभएका अनुज–अनुयायीहरूमा सदैव खुशीयाली रहोस्।
प्रवासमा पसिना बगाइरहेका युवामा घर फर्केर केही गर्छु भन्ने अठोट पैदा होस्।
विद्वान प्राविधिक दिदी–बहिनी–भाइहरूमा प्रविधियुक्त उत्पादनमार्फत स्वदेश सिँगार्ने प्रेरणा जागोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ।
यसै अवसरमा,
हामीलाई सुरुका दिनदेखि नै उच्च मूल्याङ्कन गर्दै गुणस्तरीय सेवाका लागि प्रेरित गर्नुभएका हाम्रा तेत्तीस कोटि ग्राहक–देवताहरूप्रति कोटि–कोटि प्रणाम गर्दछौँ।
यहाँहरूको सुस्वास्थ्य, दीर्घायु, पारिवारिक सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना।
३३ वर्षे अनुभव
विश्वास र गुणस्तरको विरासत
वि.सं. २०४८ मा स्थापित अन्नपूर्ण सोलार एण्ड मेटल इन्जिनियरिङले तीन दशकभन्दा बढीको अवधिमा हजारौं नेपाली परिवार र व्यवसायहरूलाई विश्वसनीय इन्जिनियरिङ समाधान प्रदान गर्दै आएको छ। हाम्रो यात्रा केवल व्यावसायिक सफलताको कथा मात्र होइन, बरु नेपालमा स्वदेशी उद्योगको विकासको एक जीवन्त उदाहरण हो। हामी आफ्नो गुणस्तरको प्रतिबद्धताबाट नेपाली उद्योग जगतमा आफ्नो छाप छोड्न सफल भएका छौं।
अपेक्षाभन्दा बढी सेवा
सेवा नै हाम्रो पहिचान
हामी विश्वास गर्छौं कि सफलताको सबैभन्दा ठूलो आधार उपभोक्ताको विश्वास हो। यसैले हामी हरेक उपभोक्तालाई व्यक्तिगत ध्यान दिँदै उहाँहरूको आवश्यकता अनुसारको समाधान प्रदान गर्छौं। हाम्रो लक्ष्य तपाईंलाई दीर्घकालीन सन्तुष्टि दिँदै जीवनभरको सम्बन्ध कायम गर्ने हो।




















































